विश्वव्यापी वातावरणीय संकट, महामारीको बढ्दो जोखिम, घातक प्रदूषण, एन्टिमाइक्रोबियल प्रतिरोध, तथा सामाजिक–आर्थिक र राजनीतिक अस्थिरताले सार्वजनिक स्वास्थ्यका चुनौतीहरूलाई जटिल बनाइरहेका छन्। यस्ता चुनौतीका बीच तथ्यमा आधारित, खोजमूलक र उत्तरदायी स्वास्थ्य पत्रकारिताको आवश्यकता झन् बढ्दो छ।
कोभिड–१९ महामारीले स्वास्थ्य पत्रकारिताको महत्वलाई स्पष्ट रूपमा उजागर गर्यो। तर नेपालमा स्वास्थ्य पत्रकारिता अझै सीमित स्रोत, न्यून प्राथमिकता र संस्थागत सहयोगको अभावका कारण अपेक्षित रूपमा विकसित हुन सकेको छैन। पछिल्ला वर्षहरूमा समग्र पत्रकारिता क्षेत्रले भोगिरहेका आर्थिक तथा पेशागत संकटका कारण स्वास्थ्य पत्रकारिता अझ कमजोर बन्दै गएको देखिन्छ। यही आवश्यकता महसुस गर्दै NICRF ले Arete Healthsciences को पनि आर्थिक सहयोगमा नेपालमा गुणस्तरीय स्वास्थ्य पत्रकारिता प्रवर्द्धन गर्न “स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (Health Journalism Fellowship)” सुरु गर्ने प्रस्ताव गरेका छन्। यस कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रका जटिल विषयमा गहन अनुसन्धान, तथ्यपरक रिपोर्टिङ तथा जनहितमुखी पत्रकारितालाई प्रोत्साहन गरिनेछ।
यस अध्ययनवृत्तिको मुख्य उद्देश्य नेपालमा खोजमूलक तथा उत्तरदायी स्वास्थ्य पत्रकारिताको विकास गर्नु हो। विशेष उद्देश्यहरू निम्नानुसार छन्:
(अरु मेन्टोरहरू पनि थपिन सक्नुहुनेछ)
यो अध्ययनवृत्ति मुख्यतः नेपाली भाषामा लेख्ने तथा नेपालका सञ्चारमाध्यममा स्वास्थ्य पत्रकारितामा सक्रिय प्रारम्भिक वा मध्य-करियरका पत्रकारहरूका लागि लक्ष्यित हुनेछ।
प्राप्त आवेदनहरूको मूल्यांकन स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य सञ्चारमा दीर्घ अनुभव भएका तीन जना विज्ञहरूको स्वतन्त्र समूहले गर्नेछ। मूल्यांकनका आधारहरूमा निम्न पक्षहरू समावेश हुनेछन्:
आवेदकहरूले निम्न सामग्री संलग्न गरी तोकिएको मितिभित्र इमेलमार्फत आवेदन दिनुपर्नेछः
आवेदकहरूले कभर लेटर तथा आवश्यक कागजातहरू एउटै PDF फाइलमा संलग्न गरी पठाउनुपर्नेछ। फाइलको नाम Firstname_Lastname.pdf ढाँचामा राख्न अनुरोध गरिन्छ।
आवेदन पठाउने इमेल:
[email protected]
इमेलको विषयमा:
Application for Health Journalism Fellowship
अन्तिम म्याद:
असार १, २०८३, दिउँसो १२:०० बजेसम्म
यस अध्ययनवृत्तिबाट नेपालमा प्रमाणमा आधारित स्वास्थ्य पत्रकारिता प्रवर्द्धन हुने, जटिल स्वास्थ्य मुद्दामाथि गहन रिपोर्टिङ बढ्ने, र पत्रकार तथा स्वास्थ्य विज्ञबिच सहकार्यको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ। दीर्घकालीन रूपमा यसले सार्वजनिक स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई विश्वसनीय, उत्तरदायी र जनमुखी बनाउन सहयोग पुर्याउनेछ।